दोलखा, असार २२ । अविरल वर्षापछि आएको बाढीमा परी गौरीशंकर गाउपालिका–९ डोगाङमा एक जना बेपत्ता भएका छन । बाढीले ३ वटा घरसहित होटलसमेत बगाएको छ।
शुक्रबार राति रोल्वालिङ खोलामा आएको बाढीले रोल्वालिङ पदमार्ग डोगाङमा होटल सञ्चालन गरिरहेकी ६४ वर्षिय जाङ्मु शेर्पा सम्पर्कविहीन भएको गौरीशंकर–९ का वडाध्यक्ष निमा गेली शेर्पाले जानकारी दिनुभयो ।
छ्योतछ्योत सिमिगाँउका जाङ्मु शेर्पा करिब ३० वर्षदेखि गौरीशंकर –९ डोगाङमा होटल व्यवसाय गर्दै आउनु भएको थियो । गएराती उहाँ बाढीमा परेर बेपत्ता हनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्