काठमाडौं, असोज १९
जिल्ला अदालतको आदेशसँगै प्रहरीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न सरकारी निवास बालुवाटार पुगेको छ । सरकारी निवासमै रहेका महरालाई अपरान्ह प्रहरीले पक्राउ गर्न पुगेपनि अहिलेसम्म पक्राउ गरेको छैन ।
प्रहरीले महरालाई नियन्त्रणमा लिने तयारी गरेपनि महराले आफैं प्रहरीको बानेश्वर वृत्तमा उपस्थित हुने इच्छा प्रकट गरेका छन् । ‘उहाँले पक्राउ पूर्जी बुझेर आफैं प्रहरीमा उपस्थित हुन्छु भन्नुभएको छ’, प्रहरी स्रोतले भन्यो । दुई पक्षबीच अझै छलफल चलिरहेको छ ।
स्रोतका अनुसार महरा प्रहरीको गाडीमा जान चाहेका छैनन् । उनी आफ्नै गाडीमा प्रहरी चौकी जान इच्छुक छन् । पक्राउ पूर्जी बुझेर आफैं उपस्थित भएपनि त्यो पक्राउसरह नै भएको प्रहरी स्रोतको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्