काठमाडौं, असोज १९
महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ ।प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ ।
बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो । तर, महराले आफ्नै गाडीमा जाने जिद्धि गरेपछि प्रहरीले सो प्रस्ताव स्विकार गरेको थियो । महरालाई प्रहरीले उहाकै रातो गाडीमा नियन्त्रणमा लिएर बालुवाटारबाट निस्किएको छ ।
उनी रातो निजी नम्बर प्लेटको कारमा ढाका टोपी र हाफ वेस्टकोट र चस्मा लगाएको हुलियामा देखिन्छन् । कारको पछिल्लो सिटमा दुई प्रहरीको बीचमा बसेका उनी तनावको मुडमा देखिएका छन् । सभामुख निवासबाट बाहिरिँदै गर्दा महरा अघिल्तिर चाहकसहित अर्का एक जना देखिन्छन् ।
प्रतिक्रिया दिनुहोस्