कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सहयोग माग्नुभएका प्रधानमन्त्री दाहाललाई नेता कोइरालाले धेरै ढिला भइसकेको भन्दै ठाडै अस्वीकार गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाउनु भएको छ ।
काठमाडौं, असार २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तोडन निरन्तर लागिरहनु भएको पाइएको छ ।
दुई ठूला दलबीच सत्ता सहकार्य भई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमति भएपछि मर्माहत बन्नुभएका प्रधानमन्त्री दाहालले कांग्रेसकै संस्थापन इतर नेताहरुलाई प्रधानमन्त्रीको अफर गरी सहमति भाँडन लाग्नुभएको हो ।
सोही अभियानअनुरुप प्रधानमन्त्री दाहालले कांग्रेस नेता डा. शेखर कोइरालासँग शनिवार लामो भलाकुसारी गरी ओलीलाई प्रधानमन्त्री बन्न नदिन प्रस्ताव गर्नुभएको छ । सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री दाहालले कांग्रेस नेता कोइरालासँग शनिबार बालुवाटारमा भेटवार्ता गर्नुभएको हो । कोइराला निकट एक नेताले जनताटाइम्स डटकमलाई बताएअनुसार प्रधानमन्त्री दाहालले संविधानको धारा ७६(३) बमोजिम सरकार बनाउन कोइरालासँग प्रस्ताव गर्नुभएको तर उहाँले ठाडै अस्वीकार गरिदिनुभएको छ ।
संविधानको धारा ७६ (३) मा संसदमा ठूलो दलको हैसियतमा सरकार बन्ने ब्यवस्था रहेको छ । ’प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा राष्ट्रपतिले प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरू भएको दलको संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्नेछ,’ संविधानको धारा ७६(३)मा भनिएको छ।
७६ (२)मा कुनै दलको बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउने प्रावधान छ भने ७६ (४)मा उपधारा (२) वा (३) बमोजिम नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिने प्रावधान छ। स्रोतका अनुसार एमालेसँग सत्ता सहकार्य गर्नु उचित नहुने भन्दै प्रधानमन्त्री दाहालले उपधारा ३ अनुसार कांग्रेस नेतृत्वमै सरकार बनाउने आफ्नो अभियानमा सहयोग गर्न कोइरालासँग आग्रह गर्नुभएको थियो ।
कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सहयोग माग्नुभएका प्रधानमन्त्री दाहाललाई नेता कोइरालाले अव धेरै ढिला भइसकेको भन्दै ठाडै अस्वीकार गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाउनु भयो । कोइरालाले भन्नुभयो, धे’रै ढिला भइसक्यो । तपाइँले मार्ग प्रशस्त गरिदिएको राम्रो हो । किनकि तपाईंले संसदबाट विश्वासको मत पाउने अवस्था छँदैछैन ।’
’बिगतमा जे भयो, भइहाल्यो । अब संविधानको धारा ७६ (३) बमोजिम कांग्रेसकै नेतृत्वमा सरकार बनाउन तपाइँको सहयोग चाहियो,’ कोइरालासँग प्रधानमन्त्री दाहालको भनाई उधृत गर्दै कांग्रेसका एक नेताले जनताटाइम्स डटकमसँग भने, ‘एमालेसँग सहकार्य गरेर केही हुनेवाला छैन । केपी ओलीलाई त हर हालमा प्रधानमन्त्री बन्न दिनुहुन्न ।’ स्रोतका अनुसार प्रधानमन्त्री दाहालले आफू ओलीलाई सत्तामा आउनबाट रोक्नकै लागि दुवैतिर काम गरेको नाटक गरेको भन्दै सधै कांग्रेसको हितमा काम गरेको जिकिरसमेत गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालको यो प्रस्तावलाई कांग्रेस नेता कोइरालाले भने ठाडै अस्विकार गर्नुभएको छ । संबिधानको ७६ को उपधारा ३ अनुसार कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सहयोग माग्नुभएका प्रधानमन्त्री दाहाललाई कांग्रेस नेता कोइरालाले धेरै ढिला भइसकेको भन्दै ठाडै अस्वीकार गरेर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न सुझाउनु भएको छ ।
’धेरै ढिला भइसक्यो । तपाइँले मार्ग प्रशस्त गरिदिएको राम्रो हो । किनकि तपाईंले संसदबाट विश्वासको मत पाउने अवस्था छँदैछैन,’ कोइरालाको जवाफ थियो । सो छलफलमा नेता कोइरालाले दाहाल नेतृत्वको सरकारले बिगत १८ महिनामा गरेको कुकामले जनतामा चरम निरासा छाएको र दुईतिर खेलेर आफ्नो कुर्सीका लागि मात्र सोच्ने गरेको कारण कांग्रेस एमाले यो निश्कर्षमा पुगेको जनाउ समेत दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्