काठमाडौं, २४ असार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । आज रुस र अस्ट्रियाको तीन दिने भ्रमणका लागि प्रस्थान गरेका मोदीले यस क्रममा रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेटवार्ता गर्नुहुनेभएको छ ।
यस क्रममा प्रधानमन्त्री मोदीले २२औं भारत–रुस वार्षिक सम्मेलनमा भाग लिनेछन्, जहाँ उहाँले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्नुहुनेछ । विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री मोदीले जुलाई ९ र १० मा अस्ट्रियाको भ्रमण गर्नुहुनेछ । ‘मोदीको अस्ट्रिया भ्रमण पनि ऐतिहासिक छ, किनभने ४१ वर्षपछि यहाँ भारतीय प्रधानमन्त्री आईपुग्दैछन् ।’ तेस्रो पटक सत्ता सम्हालेपछि मोदीको यो पहिलो रुस भ्रमण हो र उहाँको पहिलो द्विपक्षीय विदेश भ्रमण पनि हो ।
मोदीको रुस भ्रमण धेरै हिसाबले महत्वपूर्ण छ । एकातिर रुसको चीनसँग बढ्दो निकटता र अर्कोतिर रुस विरोधी मानिने सैन्य समूह नाटोको बैठक चलिरहेका बेला मोदीको रुस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्