ललितपुर, असार २६ । ललितपुर महनगरपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको ८१ प्रतिशतभन्दा धेरै खर्च गरेको छ।
चालु आर्थिक वर्षका लागि ललितपुर महानगरले ६ अर्ब ५० करोड पाँच लाख रूपैयाँको बजेट ल्याएको थियो। सो बजेटको ८१ प्रतिशतभन्दा धेरै खर्च गरेको हो । महानगरले मंगलबार नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो।
महानगरका अनुसार असार २४ गतेसम्म कुल खर्च ८३.६२ प्रतिशत छ। यसमध्ये पुँजीगत खर्च ८१.३ प्रतिशत छ। त्यस्तै राजस्व संकलन ९८ं५ प्रतिशत र बेरूजु ०ं४ प्रतिशत रहेको मेयर चिरीबाबु महर्जनले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्