जनता टाइम्स

२६ असार २०८१, बुधबार १३:१७

आज सुनचाँदीको मुल्य कति पुग्यो ?


काठमाडौं, २६ असार । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य सामने घटेको छ । आज सुनको मुल्य स्थिर रहदै तोलाको १ लाख ४४ हजार एक सयमै कारोबार भएको छ । यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदी आज प्रतितोला १५ रुपियाँ घटेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।