जनता टाइम्स

२६ असार २०८१, बुधबार १३:२१

फेरी विवादमा अभिनेत्री ज्याक्लिन


काठमाडौं, २६ असार । बलिवुड अभिनेत्री ज्याक्लिन फर्नानडिस फेरी विवादमा पर्नुभएको छ । ज्याक्लिनलाई भारतको प्रवर्तन निर्देशनालय (इडी) ले फेरी बयानका लागि बोलाएपछि उहाँ विवादमा पर्नुभएको हो । ज्याक्लिनलाई इडीले आज मनि लाउन्ड्रिङ केसमा आज बयानका लागि बोलाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

उहाँलाई कथित ठग सुकेश चन्द्रसेखरसँग जोडिएको मनि लाउन्ड्रिङ केसमा इडीले बयानका लागि बोलाएको बताइएको छ । ज्याक्लिनक पुर्वप्रेमी समेत रहेको बताइने सुरेशसँगको सम्बन्धका कारण ज्याक्लिनलाई पटक–पटक इडीले बयान लिएको छ । य अघि सुकेशबाट ज्याक्लिनले महँगो उपहार लिएको विषयमा पनि सोधपुछ भएको थियो ।