जनता टाइम्स

२७ असार २०८१, बिहीबार १३:३८

मोरङमा कुखुरा फार्मभित्र सञ्चालकको हत्या


काठमाडौं, २७ असार । मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मभित्र सञ्चालकको हत्या भएको छ । आज बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको हत्या गरेको अवस्थामा शव फेला परेको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । घरनजिकै कुखुरा फार्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र बिहान करिब साढे १० बजे शव भेटिएको कार्कीले बताउनुभयो ।

बजगाईंको टाउको तथा शरीरका अन्य भागमा गहिरो चोट देखिएको छ । घटनास्थलमा रगत लतपतिएको अवस्थामा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको कार्कीले बताउनुभयो । बजगाईंको खुकुरा फार्ममा काम गर्न श्रीमान्(श्रीमती बस्दै आएका थिए । घटनापछि दुबै जना फरार छन् । उनीहरूको खोजी भइरहेको कार्कीले बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाएर घटनाको अनुसन्धान थालिएको कार्कीले बताउनुभयो ।