जनता टाइम्स

२७ असार २०८१, बिहीबार १३:४७

खेत जोतिरहेको ट्याक्टर पल्टिँदा चालकको मृत्यु


रौतहट, २७ असार । सर्लाहीको बरहथवा नगरपालिका अन्तर्गत एकजनाको खेत जोतिरहेको ट्रेक्टर पल्टिँदा चालकको मृत्यु भएको छ ।

बरहथवा १२ पटेर्वा गाउँमा गएराति ९ बजेको समयमा खेत जोतिरहेका ना.६ त. १२६५ नम्वरको ट्रेक्टर पल्टिएर स्थानिय पुरैनिया गाउँका ३० बर्षिय चालक सुरेश रायको घटना स्थलमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले घटनाको पुष्टि गर्दै मृतक चालकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको बताउनुभयो ।