जनता टाइम्स

२७ असार २०८१, बिहीबार १४:१५

बारामा बस दुर्घटना हुँदा ७ जना घाइते


बारा, २७ असार । बाराको पुर्व पश्चिम राजमार्गमा जनकपुरबाट वीरगन्जतर्फ आउदै गरेको बस दुर्घटनामा परेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ मा रहेको पसाहा पुल छेउमा बस सडक दुर्घटनामा परेको हो ।

केही बेर अगाडि सवारी दुर्घटना हुँदा ७ जना घाइते बाराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सवारी दुर्घटनामा परेर घाइते भएकाहरूको उद्दार गरी उपचारका निम्ती सिमरा अस्पतालमा पठाईएको छ भने घाइतेहरुको पहिचान अझैसम्म खुल्न सकेको छैन ।