काठमाडौं, २८ असार । राष्ट्रिय स्वतन्त्र अप्रति (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ । आज बिहान बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीले आज लिने विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनुभएको हो ।
परियारले रास्वपाका सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान अग्रण ह्वीप समेत जारी गरेको जानकारी दिनुभएको हो । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संबैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लाग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्