जनता टाइम्स

२९ असार २०८१, शनिबार १४:४९

सर्पको टोकोईबाट एक महिलाको मृत्यु


सिरहा, २९ असार । सिरहाको चोहर्वामा सर्पको टोकाईबाट एक महिलाको मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका संग्रामपुर घर भई सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा डेरागरी वस्ने ३० वर्षिय रोशिना खातुनको मृत्यु भएको हो । चुल्होबाट खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई उपचारको लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल पुर्याएपनि उपचार सम्भव नभएको स्थानीय शिव यादवले जानकारी दिनुभयो ।

खरानी निकाल्ने क्रममा सर्पले टोकेका खातुनलाई केहीवेरपछि असहज महसुस भएपछि चुल्होमा हेर्दा गोमन सर्प भेटिएको थियो । जानकारी पाएलगत्तै जोवहा सैनिक गण परिसरमा रहेको जयकाली शर्पदंश उपचार केन्द्रमा पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएको बताउनुभयो । लगतै कर्जन्हा पुर्याएपनि उहाँको उपचार हुन सकेन । खातुनको तीन छोरा र एक पाँच महिनाको छोरी छ । उहाँ चोहर्वामा बसेर विडी बनाउने काम गर्दै आउनुभएको थियो ।