जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार २०:५९

प्रधानमन्त्री निवासमा टिकाको यस्तो देखियो रौनक


काठमाडौं, असोज २१

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारी निवास बालुवाटारमा आज अपराह्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटासहित मन्त्रिपरिषद्का अन्य सदस्यहरुलाई बडादशैँको टीका लगाइदिनुभयो ।

पत्नी राधिका शाक्यसहित प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा कार्यकर्ता, सुरक्षा निकायका पदाधिकारी, सरकारी कर्मचारी र सर्वसाधारणलाई टीका तथा जमरा प्रदान गर्नुभयो ।