जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार १३:४१

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?


काठमाडौं, ४ साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजारले घटेर एक लाख ४७ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि विहिबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ५ सय रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४६ हजार ८ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ३० रुपियाँ घटेर तोलाको १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।