जनता टाइम्स

४ श्रावण २०८१, शुक्रबार १३:४८

ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुँदैन : युक्रेनी राष्ट्रपति जेलेन्स्की


काठमाडौं, ४ साउन । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गर्नुभएको छ । बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताउदै ट्रम्पले जितेमा काम गर्न सहज नहुने बताउनुभएको हो ।

राष्ट्रपतिका उम्मेदवार ट्रम्पसहित उपराष्ट्रपतिका उम्मेदवार बनेका ओहायोका सिनेटर जेडी भान्सले पनि युक्रेनमा के हुन्छ भन्ने वास्ता नगर्ने बताउदै युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा रहनुभएको छ । अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ ।

जेलेन्स्कीले बीबीसीलाई युक्रेनमा वास्तवमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताउनुभयो । हाल बेलायतमा रहेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टाररलाई पनि भेटेका थिए, जसले सम्भव भएसम्म युक्रेनको साथ रहने बताउनुभएको छ ।