जनता टाइम्स

२१ आश्विन २०७६, मंगलवार २१:४४

प्रधानमन्त्री ओलीको क्रेज, बालुवाटारमा यस्तो देखियो टीका थाप्नेको भिड


काठमाडौं, असोज २१

बडा दशैंको टीका लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा भिड देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको क्रेज यस भिडले स्पष्ट देख्न सकिन्थ्यो । विजयादशमीको अवसरमा आफ्ना मान्यजनको हातबाट टीका, जमरासँगै आर्शिवाद लिएपछि सर्वसाधारणसँगै सत्तारुढ नेकपाका नेता कार्यकर्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री ओलीले अपरान्ह चार बजेदेखी राति ७ बजेसम्म टीका लगाईदिनु भएको थियो । टीका ग्रहणका लागि पुगेका उच्च पदस्थ अधिकारी तथा सर्वसाधारणको भीडले बालुवाटर पनि खचाखच भएको थियो ।