जनता टाइम्स

६ श्रावण २०८१, आईतवार १२:३२

घट्यो सुनचाँदीको मुल्य


काठमाडौं, ६ साउन । आज नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको १३ सयले घटेर एक लाख ४६ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४७ हजार ५ सय रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ५ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।