जनता टाइम्स

२२ आश्विन २०७६, बुधबार ११:१०

चिनियाँ राष्ट्रपति सी दुई दिने भ्रमणमा आउने औपचारिक घोषणा, शनिबार काठमाडौं उत्रने


काठमाडौं, असोज २२

नेपालले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको औपचारिक घोषणा गरेको छ । लामो समयदेखी चर्चामा रहेको सो भ्रमणको मिति भने परराष्ट्र मन्त्रालयले टुंगो लागाएको हो ।

परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै चिनियाँ राष्ट्रपति २५ असोजमा काठमाडौं आउने जानकारी दिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा उहाँले २५ र २६ गते नेपाल भ्रमण गर्दै हुुनुहुन्छ ।’ भ्रमणका क्रममा चिनियाँ राष्ट्रपतिले नेपाली समकक्षी भण्डारीसँग भेटवार्ता गर्नुहुनेछ ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ प्रतिनिधि मण्डलको दुई पक्षीय आधिकारिक भेट हुनेछ । सोही क्रममा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर पनि हुने पनि जनाइएको छ । राष्ट्रपति सी २४ गते भारत जाने कार्यक्रम तय भईसकेको छ । भारत भ्रमण सकेर उहा सोझै नेपाल आउने कार्यक्रम रहेको छ ।

दुई दिने नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीसँग नेपालका अन्य राजनीतिक दलका शीर्ष नेताले पनि भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।