जनता टाइम्स

७ श्रावण २०८१, सोमबार १३:०७

आज सुनचाँदीको मुल्य कति छ ?


काठमाडौं, ७ साउन । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मुल्य भने घटेको छ । आज सुन तोलाको एक सयले बढेर एक लाख ४६ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।