काठमाडौं, १० साउन । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको छ । सम्बोधनमा उहाँले आफ्नो सम्बोधनमा गाजा युद्धको बचाउ गर्नुभएको छ । कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै नेतान्याहुले अमेरिकी सांसदहरूलाई भन्नुभयो,‘हाम्रा शत्रुहरू तपाईंका पनि शत्रु हुन् । जब हामी इरानसँग लड्छौं, हामी अमेरिकाको सबैभन्दा घातक र कट्टर शत्रुसँग लडिरहेका हुन्छौं । हाम्रो युद्ध तपाइँहरुको युद्ध हो र हाम्रो जित तपाईहरुको जित हो ।’
धेरैजसो रिपब्लिकन नेताहरूले नेतान्याहुलाई न्यानो स्वागत गर्नुभयो, तर कांग्रेसका दर्जनौं डेमोक्रेटिक नेताहरू जानाजानी अनुपस्थित भएका थिए । सम्बोधनका क्रममा इजरायलका प्रधानमन्त्रीले पनि चर्को विरोधको सामना गर्नुपरेको थियो ।
मानिसहरूले ब्यानर बोकेर विरोध गरेको देखियो, जसमध्ये एउटाले नेतान्याहुलाई ‘युद्ध अपराधी’ घोषणा गरेका थिए । नेतन्याहुको सम्बोधनमा बाधा पुर्याउने पाँच जनालाई क्यापिटल भवन भित्रबाट पक्राउ गरिएको छ । प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै नेतान्याहुले भन्नुभयो,‘तपाईंहरू आधिकारिक रूपमा इरानका लागि उपयोगी मूर्ख बन्नु भएको छ ।’
प्रतिक्रिया दिनुहोस्