लमजुङ, साउन १३ । राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा पिताम्बर खनाल (सुनिल) निर्वाचित हुनुभएको छ । आज सम्पन्न प्रथम ऐतिहासिक अधिवेशनबाट स्याङ्जाका खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
अधिवेशनको उदघाटन नेकपा एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नुभएको थियो । अधिवेशनको बन्दशत्रले खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा रोशन तामाङ (लमजुङ), सचिवमा आशा गैंरे (नवलपुर), उपसचिवमा किरण ढकाल (गोरखा) र सन्तोष शर्मा (पर्वत) र कोषाध्यक्षमा जीवन क्षेत्री (तनहुँ) निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा गोरखाबाट दिलिप कोईराला, ठाकुर गोतामे, रसियाँ मियाँ, लमजुङबाट मनराज गुरुङ, सन्तोष श्रेष्ठ, बिजय तामाङ, लक्ष्मी खड्का, तनहुँबाट मनिसा बिक, अनुप श्रेष्ठ चयन हुनुभएको छ ।
यसैगरी स्याङ्जाबाट अब्बु मियाँ, प्रकाश अधिकारी, उत्तम परिवार, सिमी खनाल, कास्कीबाट मिलन गुरुङ, मिरा खत्री, एकनारयण पौडेल, सन्तोष थापा, मनाङबाट दिर्धराज गुरुङ, सुमन्त गुरुङ, भुमिका गुरुङ चयन हुनुभएको छ ।
यसैगरी मुस्ताङबाट म्याग्दी डेनिल फगामी, नारायण राई (रोमन), गौरी गर्वुजा, पर्वतबाट रजनी श्रेष्ठ, जगत लमिछाने, बागलुङबाट सन्तोष रेम्मी, सुन्दर श्रीस, नवलपरासी (पूर्व) बाट बिजय श्रेष्ठ, सहिल श्रेष्ठ र रेनु गैरे थारुलाई चयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्