जनता टाइम्स

२३ आश्विन २०७६, बिहीबार १९:३८

यस्तो छ चिनियाँ राष्ट्रपतिको साढे १९ घण्टा नेपाल बसाई


काठमाडौं, असोज २३

चिनियाँ राष्ट्रपति सि जीनफिङले नेपालमा साढे १९ घण्टा विताउनु हुने भएको छ । उहाले शनिबार दिउसो आएर आइतबार विहान स्वदेश फर्किने हुनु भएको हो ।

विशेष विमानबाट भारतहुँदै उहा तीन बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनु हुने भएको छ । त्यहा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहा सोझै होटल सोल्टीमा जाने कार्यक्रम रहेको छ । केही समय त्यहा आराम गरेपछि

उहा साढे ४ बजे राष्ट्रपति भण्डारीसँग भेट गर्न राष्ट्रपति कार्यालय शीतलनिवास पुग्नुहुने भएको छ । त्यहा करिब आधा घण्टा भेटवार्ता हुने कार्यक्रम रहेको स्रोतले जानकारी दिएको छ । शितल निवासमा भेटवार्ता भएपछि होटल सोल्टीमै राष्ट्रपतिले सि को सम्मानमा रात्रीभोज दिने कार्यक्रम तय भएको छ । सो कार्यक्रमका बेला दुवै राष्ट्रपतिले सक्षिप्त मन्तब्य दिनुहुने छ ।

भ्रमणको दोस्रो दिन आइतबार महत्वपूर्ण छलफल हुनेछ । होटल सोल्टीमा विभिन्न दलका शिर्ष नेतालाई भेट्ने कार्यक्रम रहेको छ । आइतबार बिहान साढे ८ बजे होटल सोल्टीमा नेपाल–चीनबीच द्वीपक्षीय वार्ता हुनेछ । सो वार्तापछि द्वीपक्षीय हस्ताक्षर हुने कार्यक्रम रहेको छ । उक्त वार्ता सकेर उहा विशेष विमानबाट साढे १० बजे स्वदेश फिर्तीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नु हुनेछ ।