काठमाडौं, साउन १५ । प्रभु बैँकका कर्मचारी तथा ग्राहकलाई काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलमा विशेष छुट हुने भएको छ । बैंक र होटलबीच सोबारे सम्झौता भएको हो ।
काठमाडौंमा आयोजित एक समारोहबीच सम्पन्न सम्झौतामा प्रभु बैँकका तर्फबाट चिफ मार्केटिङ्ग अफिसर रबिन्द्र ढकाल र मार्केटिङ्ग म्यानेजर सबिन राणा तथा र्याडिसन होटल, काठमाडौंका तर्फबाट निर्देशक (Food and Beverage) केदार पाण्डे र लेखा नियन्त्रक लोकराज ढुङ्गानाले हस्ताक्षर गर्नुभयो ।
सम्झौताअनुसार प्रभु बैँक लि.का कर्मचारी तथा ग्राहक वर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध विभिन्न सेवा तथा सुविधाहरुमध्ये खाना, पेस्ट्री सप, ट्र«ानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौंले सञ्चालन गरेको विभिन्न रेस्टुरेन्टहरुबाट १०५ देखि २०५ सम्म भुक्तानी छुट पाउनेछन् ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३१३ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय बैंकिङ एवं वित्तीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
साथै, प्रभु बैँक, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट समेत सम्मानित भएको छ । यस्तै र्याडिसन होटल काठमाडौं एक अन्तराष्ट्रिय होटल चेन अन्तर्गत बिगत दुई दशकभन्दा बढी समयदेखि नेपालको पर्यटकीय तथा अतिथि सत्कार सेवालाई निरन्तर रुपमा टेवा दिईरहेको एक अग्रणि पाँचतारे होटल हो ।
प्रतिक्रिया दिनुहोस्