काठमाडौं, १७ साउन । भारतीय पूर्व क्रिकेटर तथा पुर्व मुख्य प्रशिक्षक अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उहाँ लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गर्नुभएको छ । बोर्डले उहाँको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो ।
यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गर्नुभएको थियो ।
उहाँले गत जुनमा लन्डनको किङ्स कलेज अस्पतालमा ब्लड क्यान्सरको उपचार पनि गराउनुभएको थियो । यसपछि उहाँ भारत फर्किनुभएको थियो । गायकवाडले भारतका लागि ४० टेस्ट र १५ ओडीआई खेल्नुभएको थियो । उहाँ सन् २००० आईसीसी च्याम्पियन्स ट्रफीमा उपविजेता बनेको भारतीय टोलीका प्रशिक्षक पनि हुनुहुन्थ्यो । गायकवाडले २२ वर्षको करियरमा २०५ प्रथम श्रेणी खेल पनि खेल्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्