जनता टाइम्स

१७ श्रावण २०८१, बिहीबार १३:५०

बाघको आक्रमणबाट कञ्चनपुरमा महिलाको मृत्यु


कञ्चनपुर, १७ साउन । कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

आफ्नै खेतबारीमा धान गोड्ने क्रममा आज बिहान १०ः४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका–२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला पर्नुभएको थियो ।