जनता टाइम्स

१८ श्रावण २०८१, शुक्रबार १८:२६

काठमाडौँ सिनामंगलको एक गेष्ट हाउसमा पुरुष र महिला मृत फेला


काठमाडौं, १८ साउन । काठमाडौंको सिनामंगलस्थित एक गेष्ट हाउसमा पुरूष र महिला मृत फेला परेका छन् । आज सिनामंगल स्थित झर्ना गेष्ट हाउसको कोठा नम्बर ४०२ मा एक जना पुरूष र एक जना महिला मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

आज मध्याह्न १२ बजे खाना खान सोध्न जादा ढोका नखोलेपछि अपराह्न १ बजेतिर प्रहरीलाई खबर गरिएको र घटनास्थलमा ढोका खोलेर हेर्दा महिलाको घाँटी काटिएको अवस्थामा र पुरूष झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त कोठामा एक जना पुरूष र महिला असार १५ गते मंगलबारदेखि बस्दै आएका थिए । मृतक पुरूष बाजुरा त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र १९ वर्षीया करिस्मा सार्की छन् ।