महोत्तरी, १९ साउन । महोत्तरीमा बिधुत प्राधिकरणले पटक–पटक लाईन काटेपछि आन्दोलित भएका छन । पटक–पटक लाईन काटने र लाईन दिएतापनी कम भोल्टेज दिदा व्यवसाय संचालनमा कठिनायी भएको भन्दै शुक्रबार उनीहरुले पुर्व-पश्चिम राजमार्ग १ घण्टा चक्काजाम गरेका हुन । स्थानीयको समेत सहभागीतामा भएको चक्काजाममा बिधुत प्राधिकरणले नियतवस लाईन अवरुद्ध वनाएपछि पारम्भिक चरणमा चक्काजाम गर्न बाध्य भएको व्यापारीहरुले बताउनुभयो ।
व्यापारीहरुले सनिवार यो विषयमा उधोग बाणिज्य संघ बर्दिवाससगँ पनि छलफल गर्ने भएका छन । छलफलपछि उपयुक्त निष्कर्ष ननिक्लिएमा समस्या सावधान नभएसम्म चरणवद्व आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने स्थानिय व्यवसायी विनोद भण्डारीले बताउनुभयो । व्यापारीहरुको मागमा ऐक्यबद्धता जनाएको बताउँदै उधोग बाणिज्य संघ बर्दिवासका अध्यक्ष बिष्णु खडकाले यस्को सावधानको लागि उपयुक्त पहल गर्ने प्रतिवद्वता जनाउनुभएको छ ।
यता विधुत प्राधिकरण औरही प्रशारणका कार्यालय प्रमुख जवननाथ झाले हावाहुरीका विधुत अवरुद्ध भएको बताउनुभयो । नियतवसः हामिले लाईन काटेका हैनौ । ढल्केवर प्रशारण लाईनवाट पुर्णरुपमा बिस्थापन गरेर औरही प्रशारणको लागि काम गरिरहेका छौ ।’ प्रमुख झाले भन्नुभयो,‘हामी सर्वसाधारण र व्यापारीहरुको गुनासोमा गम्भिर छौ ।’ बिधुत प्राधिकरणका तर्फबाट कुनै लोडसेडिङ नभएको पनि उहाँले प्रष्ट बनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्