जनता टाइम्स

२० श्रावण २०८१, आईतवार १३:५७

घट्यो सुनचाँदीको मुल्य


काठमाडौं, २० साउन । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ सयले बढेर एक लाख ४९ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला १० रुपियाँले घटेर तोलाको १९८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।