जनता टाइम्स

२० श्रावण २०८१, आईतवार १४:०४

सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाहको दाबि पेश


धनगढी, २० साउन । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता कमलबहादुर शाहले सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ । शाहले आज प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको हो ।

आज बसेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको थियो । शाहले एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा दाबी पेस गर्नुभएको छ । ५२ सदस्यीय सुदूरपश्चिममा कांग्रेसका १८, एमालेका १० र नाउपाका ७ सांसद रहेका छन् ।