जनता टाइम्स

२१ श्रावण २०८१, सोमबार १२:०१

सुन तोलाको डेढ लाख पुग्यो


काठमाडौं, २० साउन । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ । आज सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मुल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।