सुर्खेत, २१ साउन । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललले आज विश्वासको मत लिने तयारी गर्नुभएको छ । नेपालको संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेकाले विश्वासको मत लिने प्रयोजनका लागि सो सम्बन्धी विषयको प्रस्ताव साउन २१ गते राख्ने व्यवस्था मिलाउन शनिवार नै मुख्मयन्त्री कँडेलले प्रदेश सभा सचिवालयलाई पत्र पठाइसक्नुभएको छ ।
उहाँले उक्त व्यवस्थाका लागि कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम १५० को उपनियम १ बमोजिम सूचना गरेको जनाउनुभयो । ४० सदस्यीय प्रदेश सभामा कांग्रेसका १४ र एमालेका १० सांसद रहेका छन् । त्यस्तै माओवादी केन्द्रका १३ तथा एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्रको एक–एक प्रदेशसभा सांसद रहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्