जनता टाइम्स

२२ श्रावण २०८१, मंगलवार १४:२१

गुल्मीमा पहिरोमा परेर चार जनाको मृत्यु


गुल्मी, २२ साउन । गुल्मीको मुसिकोटमा सोमबार रातिदेखि परेको अविरल वर्षासंगै आएको पहिरोमा पुरिएर चार जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका वडा नं. १ बिसौनामा पहिरोले २ वटा घर पुरिँदा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

पहिरोमा परेर ४६ वर्षीय गोरे विक, ६७ वर्षीय हुकम विक, ६६ वर्षीय मसुरी विक तथा साढे २ वर्षीय रियन्सी विकको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी सोही स्थानका ३१ वर्षीय बिष्णु विक र उहाँकी श्रीमती २३ वर्षीय मुना विक घाईते हुनुभएको छ । उहाँहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल लागिएको प्रहरीले जनाएको छ ।