काठमाडौं, साउन २२ । नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ । यो साझेदारीले नबिल बैंकका ग्राहकहरूले ‘नमस्ते पे’ वालेटका विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन ।
मंगलबार आयोजित एक कार्यक्रमबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र ‘नमस्ते पे’ वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो ।
यो सहकार्यसंगै अब नबिल बैंकका ग्राहकहरूले लद्यबलप मोबाइल बैंकिङ (एप्लिकेशनमार्फत आफ्नो नमस्ते पे वालेटमा सजिलैसँग पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन । नबिल बैंक नेपालमा भुक्तानी प्रणाली डिजिटलिकरण अग्रणी संस्था हो । बैंकले नयाँ नयाँ प्रविधिहरू अपनाउँदै आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै, नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र ‘नमस्ते पे’ प्रयोगकर्ताहरूले लाभ लिन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘डिजीटÞाइजेसनमा महत्वपुर्ण योगदान दिँदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ ।’
‘नमस्ते पे’ वालेटका डेपुटी सिइओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भन्नुभयो, ‘नमस्ते पे’ ले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’ उनले यो साझेदारीले ‘नमस्ते पे’को सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताउनु भयो ।
यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एन बैंक एप प्रयोगकर्ताहरूले अब ईसेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज रसुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन्।
नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरू मध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्