काठमाडौं, साउन २३ । सरकारले एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।
दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापा संयोजक रहेको जाँचबुझ आयोग गठन गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
समितिको सदस्यमा तनुजा पोखरेल र विष्णु बस्नेत रहनुभएको छ । समितिलाई ३० दिनको समय सीमा तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्