जनता टाइम्स

२४ श्रावण २०८१, बिहीबार १२:०६

आज सुनचाँदीको मुल्य कति छ ?


काठमाडौं, २४ साउन । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । आज सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ४६ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार ३ सय पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला १२ रुपियाँ घटेर १६९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।