जनता टाइम्स

२४ श्रावण २०८१, बिहीबार २०:३८

डडेल्धुरामा जीप दुर्घटना : दुई घाइते, एकको अवस्था गम्भीर


डडेल्धुरा, २४ साउन । डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । अमरगढी नगरपालिका–५ पीपलचौतारामा जीप दुर्घटना हुँदा दुई जना घाइते भएकोमा एकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बसपार्कबाट गन्यापधुरा गाउँपालिकातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो । जीपमा चालकसहित ८ जना सवार थिए । घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।