रौतहट २५ साउन । रौतहटको ईशनाथ नगरपालिका स्थित हिन्दू समुदायले मनाउने झण्डीमा सुरक्षार्थ ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । ईशनाथ–७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना पश्चात झण्डी निकाल्ने क्रममा हिन्दू मुस्लिम बिच साम्प्रदायिक सद्भाव नविग्रियोस् भनेर बिशेष सजगता अपनाईएको हो । रौतहटका सिडियो हिरालाल रेग्मी, नेपाल प्रहरीका एसपि दिलीप घिमिरे सशस्त्र प्रहरीका एसपि बिक्रम हुमागाईं स्वयं नेतृत्व गरेर बिशेष सुरक्षाको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रत्येक बर्ष साउन पञ्चमी अर्थात नाग पञ्चमीको दिन ईशनाथ ७ घिउरा गाउँ स्थित हनुमान मन्दिरमा पूजा अर्चना गरी गाजाबाजा सहित त्यहाँबाट झण्डी लिएर हजारौँको संख्यामा हिन्दु समुदायका मानिसहरू गाउँ भन्दा उत्तर तर्फको पोखरीको डिलमा जम्मा हुने गर्दछन् । अहिले पनि उक्त मन्दिरमा पूजा अर्चना भईरहेको छ भने अपरान्ह् झण्डी निकाल्ने योजना रहेको सिडियो रेग्मीले जानकारी दिनुभयो ।
गाउँको उत्तर तर्फ बाक्लो बस्ती रहेको मुस्लिम समुदायका मानिसहरूले हिन्दूहरूले झण्डी लिएर आउने क्रममा बिभिन्न प्रकारले बाधा उत्पन्न गर्ने गर्दछन् । सोही क्रममा दुई समुदाय बिच झडपको अवस्था उत्पन हुने गर्दछ । विगत वर्षहरूको जस्तो ईशनाथमा सम्प्रदायिक सदभाव नबिग्रोस भनेर बिहिवार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको सिडियो रेग्मीले जानकारी दिनुभयो ।
गत फागुन महिनामा सरस्वतीको मूर्ति सेलाउने विषयमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको थियो । ईशनाथ नगरपालिका–७ घिउराटोलमा सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप हुँदा प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञ बिनोद पोखरेल परिचालित हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्