ढाका, २७ साउन । बंगलादेशको २५ औं प्रधानन्यायाधीश सैयद रेफात अहमदले पद तथा गोपनियताको सपथ लिनुभएको छ । राष्ट्रपति मोहम्मद शहाबुद्दीनले आज बंगभवनस्थित दरबार हलमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शनिबार सैयद रेफात अहमदलाई राष्ट्रपतिले नियुक्त गर्नुभएको थियो । यस सम्बन्धमा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ ।
राष्ट्रपतिले जनवादी गणतन्त्र बंगलादेशको संविधानको धारा ९५ (१ं) बमोजिम आफूलाई दिइएको शक्तिको प्रयोग गर्दै सर्वोच्च अदालतको उच्च अदालत डिभिजनका न्यायाधीश सैयद रेफात अहमदलाई बंगलादेशको प्रधानन्यायाधीशमा नियुक्त गरिएको जनाईएको छ । सैयद रेफात अहमदको जन्म २८ डिसेम्बर १९५८ मा भएको थियो। उनका बुबा ब्यारिस्टर सैयद इश्तियाक अहमदले बंगलादेशका पूर्व महान्यायाधिवक्ताको रूपमा काम गर्नुभएको थियो ।
उहाँको आमा, डा. सुफिया अहमद, बंगलादेशकी राष्ट्रिय प्राध्यापक र ढाका विश्वविद्यालयमा इस्लामिक इतिहास र संस्कृतिका प्रमुख प्राध्यापक हुनुहुन्थ्यो । भेदभाव विरोधी विद्यार्थी आन्दोलनले यसअघि सैयद रेफात अहमदलाई प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेको थियो । त्यसलगत्तै ओबैदुल हसनले बंगलादेशको न्यायिक निकायको प्रमुख पदबाट राजीनामा दिनुभएको थियो । पछि पुनरावेदन महाशाखाका न्यायाधीश मोहम्मद अशफाकुल इस्लाम कायममुकायम प्रधानन्यायाधीशमा नियुक्त गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्