जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १७:४६

राष्ट्रपति भण्डारीद्वारा चिनियाँ समकक्षी सी को स्वागत


काठमाडौं, असोज २५

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभएको छ । त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिनु भएका सी लाई राष्ट्रपति भण्डारीले विमानमै पुगेर स्वागत गर्नुभएको हो ।

दुई दिने राजकीय भ्रमणमा नेपाल आएका राष्ट्रपति सीलाई समकक्षी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ५ बजेर १२ मिनेटमा स्वागत गर्नुभयो । राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली लगायत विशिष्ट पदाधिकारीहरुले सीलाई विमानस्थलमै स्वागत गर्नुभयो ।