जनता टाइम्स

२५ आश्विन २०७६, शनिबार १८:०२

चिनियाँ राष्ट्रपति सीलाई विमानस्थलमै गार्ड अफ अनर प्रदान


काठमाडौं, असोज २५

चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन विमानस्थलमा गार्ड अफ अनर प्रदान गरिएको छ । त्रिभुवन विमानस्थल पौने ५ बजे ओर्लिनु भएका सी लाई राष्ट्रपति भण्डारीले विमानमै पुगेर स्वागत गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले स्वागत गरेपछि विमानस्थलको अति विशिष्ट कक्षको गेटमा पञ्चकन्याले स्वागत गरेका थिए । उहालाई माला दिएर पञ्चकन्याले स्वागत गर्दा निक्कै प्रफुल्लित मुद्रामा देखिनु भएको थियो । पञ्चकन्याले स्वागत गरेपछि सीको सम्मानमा नेपाली सेनाबाट सम्मानगारत (गार्ड अफ अनर) अर्पण गरेको छ । त्यसपछि उहा सिधैं होटल सोल्टी पुग्नु भएको छ ।