जनता टाइम्स

२९ श्रावण २०८१, मंगलवार १४:१४

खेलकुल सचिवले हिजोको कार्यक्रममा हाम्रो अपमान गरे : सांसद कल्पना मियाँ


काठमाडौं, २७ साउन । सांसद कल्पना मियाँ कुसहारीले युवा तथा खेलकुद मन्त्रालयका सचिवले अपमान गरेको बताउनुभएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गर्नुभएको छ ।

‘हिजो याक एन्ड यतिमा भएको खेलकुद मन्त्रालय र युवा परिषदको कार्यक्रममा हामीलाई अपमान गरियो, सम्मान दिन सकिदैन भने अपमान कम्तिमा नगरौं, हामी (सांसद) लाई अपमान हुने कार्यक्रम अब देखी नराखौं,’ उहाँले संसदमा भन्नुभयो ।