जनता टाइम्स

३० श्रावण २०८१, बुधबार २३:१०

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच सम्झौता, यस्तो छ बिशेष छुट सुविधा


काठमाडौं, साउन ३० । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंस्थित नवडर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच विशेष छुट प्रदान गर्ने समझदारी भएको छ । बैंकले जनाएअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकलाई सो हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौताअनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो नवडर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर (काठमाण्डौं) र कौशलटार (भक्तपुर) स्थित सेवा केन्द्रबाट सेवा लिएबापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआर बाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवादिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहक वर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता पनि बैंकले जनाएको छ ।