काठमाडौं, साउन ३२ । काठमाडौ महानगरपालिका ३१, बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालि र प्रभु बैंक लिमिटेडबीच छुट सम्बन्धी संझौता भएको छ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीलाई समाज डेन्टल हस्पिटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
समाज डेण्टल हस्पिटल र प्रभु बैंक लिमिटेडबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो । प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरुले क्रमशः १५ प्रतिशत र १० प्रतित छुट हुने र समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंक लिमिटेडका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गर्नुभएको छ ।
ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हाल सालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्फत करिब ३५ लाख भन्दा बढी ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्