काठमाडौं, १ भदौ । नेकपा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको नेतामा चेतनारायण आचार्य चयन हुनुभएको छ । लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्रीसमेत रहनुभएको आचार्य यसअघि संसदीय दलका उपनेता रहनुभएको थियो । आज प्रदेश इन्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा मुख्यमन्त्रीको कार्यलयमा बसेको प्रदेश संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेतामा चयन गरेको हो । यसअघि एमाले लुम्बिनी संसदीय दलको नेता लिला गिरी हुनुहुन्थ्यो ।
पार्टी महासचिव शंकर पोखरेल निकट मानिने आचार्यलाई मुख्यमन्त्री बनाएको भन्दै गिरीले संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो । गिरी आजको बैठकमा सहभागी नभएको बताइएको छ । आज बसेको बैठकले संसदीय दलको उपनेतामा भोजप्रसाद श्रेष्ठलाई चयन गरेको छ । संसदीय दलको नेता चयन भइसकेपछि आचार्यले प्रमुख सचेतकमा तुल्सीप्रसाद चौधरी र सचेतकमा यमुना रोका तामाङलाई नियुक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्