जनता टाइम्स

२ भाद्र २०८१, आईतवार ११:२८

सुन्दरीजलमा नदीमा खसेर बंगलादेशका नागरिक बेपत्ता


काठमाडौं, २ भदौ । फोटो खिच्ने क्रममा खसेर बंगलादेशका नागरिक सुन्दरीजलस्थित बागमती नदीमा बेपत्ता हुनुभएको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती नदीमा शनिबार फोटो खिच्ने क्रममा खसेर उहाँ बेपत्ता भएका हो ।

उहाँको खोजीकार्यमा सशस्त्र प्रहरी बल गोताखोरको टोली आजबाट खटिएको छ । उहाँको नाम भने खुलेको छैन ।