कपिलबस्तु, भदौ २ । अनेरास्ववियुको कपिलवस्तु जिल्ला अध्यक्षमा निशान खड्का सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
आज सम्पन्न २५ औं जिल्ला अधिबेशनबाट ३९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा प्रकाश न्यौपाने, सुदिप खनाल, सचिवमा पारस मरासिनी, सहसचिवमा पशुपति गिरी, अस्विन केसी, सीता अधिकारी र शिवलाल ठाकुर तथा कोषाध्यक्षमा अभिषेक यादव चयन हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्