जनता टाइम्स

५ भाद्र २०८१, बुधबार १६:२४

एभरेष्ट बैंक बानेश्वर शाखाको सम्पूर्ण कारोबार अब आफ्नै भवनबाट


काठमाडौं, भदौ ५ । एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखाको सवै कारोवार अव आफ्नै भवनबाट सुरु भएको छ ।

आज कार्यक्रम आयोजना गरी काठमाडौं महानगरपालिका वडा नं. १०, नयाँबानेश्वर स्थित एभरेष्ट बैंक लिमिटेडले साविकको स्थानबाट करिब १५० मिटर पश्चिममा आफ्नै नवनिर्मित अत्याधुनिक सुविधा सम्पन्न भवनमा स्थानान्तरण भई सम्पूर्ण बैंकिङ्ग तथा सेवाहरु सुचारु गरेको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यले समुदघाटन गनु भएको उक्त समारोहमा अध्यक्ष डा. वैद्यले बैंक विश्वासको सहयात्री भएको साथ साथै नयाँबानेश्वर र सो आसपासका बासिन्दाहरुलाई सरल, उत्कृष्ट, अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा बैंकले एकै स्थानबाट सम्पूर्ण डिजिटल प्रविधि चलाउन मिल्ने “डिजिटल संसार”को सुभारम्भ गरेको छ । उक्त डिजिटल संसारमा, बैंकिङ्ग क्षेत्रको हाल सम्मकै अत्याधुनिक प्रणाली जडित उपकरणमार्फत ग्राहकलाई डिजिटल सेवा दिने व्यवस्था गरेको र उक्त स्थानको सुरुवात संगै ग्राहकहरुले एकै स्थानबाट खाता खोल्ने, नगद कारोबार गर्ने, चेक डिपोजिट गर्ने साथ साथै सेवा सम्बन्धी गुनासोसम्म डिजिटल प्रविधि प्रयोग गरी गर्न सक्ने व्यवस्था रहेको छ ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंकमा१४ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेको र देशैभरी छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६६ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । एभरेष्ट बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।