दमौली, ५ भदौ । तनहुँको घाँसी कुवा नजिक पहिरो खस्दा मुग्लिन–पोखरा सडक अवरुद्ध बनेको छ । आज करिब ५ बजे पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण मुग्लिन–पोखरा सडक पुर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ । ठुलो पहिरो खसेको हुनाले सो पहिरो पन्छाउन घन्टौं लाग्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्