जनता टाइम्स

७ भाद्र २०८१, शुक्रबार ११:४५

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो


काठमाडौं, ७ भदौ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ५ सयले घटेर एक लाख ५१ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि विहिबार सुनको मुल्य १ लाख ५१ हजार ९ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँले घटेर १८१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।